मेलबर्न। अष्ट्रेलियामा यतिबेला कोरोना महामारीका कारण बेरोजगारी दर बढिरहेको छ। र, त्यसमा पनि अष्ट्रेलियाका विभिन्न राज्यको तुलना गर्दा क्विन्सल्याण्डमा बेरोजगारी दर बढी देखिएको हो।

क्विन्सल्याण्डमा अगस्ट महिनामा भन्दा सेप्टेम्बर महिनामा बेरोजगारी दर अझ बढेको देखिएको छ। अगस्टमा क्विन्सल्याण्डको बेरोजगारी दर ७.५ थियो भने सेप्टेम्बर महिनामा ७ .७ पुगेको तथ्यांकले देखाउँछ। र, भिक्टोरियाको बेरोजगारी दर ६ .७ प्रतिशत रहेको छ।

क्विन्सल्याण्ड सरकारले भने बेरोजगारी दर बढे पनि त्यो भन्दा धेरै प्रतिशतले रोजगारी सिर्जना भइरहेको उल्लेख गरेको छ।

यस विषयमा लिबरल नेशनल पार्टीका नेताहरुले लकडाउनमा रहेको भिक्टोरियाको भन्दा क्विन्सल्याण्डको बेरोजगारी दर बढी हुनु आश्चर्यजनक रहेको बताएका छन्। Source : 7 News

Comments