सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कारबाट थुतेर २० वर्षिया महिलामाथि दुर्व्यवहार र लुटपाट भएको छ। बुधबार बिहान न्यु साउथ वेल्सको चार्ल्सटाउन स्थित पेसिफिक हाइवेमा उक्त घटना भएको हो।

सेभेन न्युजका अनुसार २० वर्षिया ती महिला मानसिक रुपले अशक्त छिन्। त्यो दिन बिहान उनी कारमा बसिरहेको समयमा अर्को कारमा आएका व्यक्तिहरुले कार रोकेर ती महिलालाई कारबाट थुते र घचेट्दै आफ्नो कारमा राखे। त्यसपछि उनीहरुले कार चलाए। र, त्यो समयमा उनीहरुले ती महिला माथि दुर्व्यवहार गर्दै क्रेडिट कार्ड लुटेका थिए।

त्यसपछि ती महिलालाई उनीहरुले एउटा घरमा पुर्याए। उनलाई जबर्जस्ति नुहाउन जान लगाए। उनले नुहाएको समयको भिडियो समेत खिचे। भिडियो सामाजिक संजालमा अपलोड भएपछि प्रहरीले घटना बारे थाहा पाएको हो।

प्रहरीले घटनामा संलग्न ३७ वर्षीय पुरुष र ३८ वर्षिया महिलालाई पक्राऊ गरिसकेको छ।

Comments