मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुक्रबार ४ महिना यताकै सबैभन्दा कम देखिएको छ।

शुक्रबार सार्वजनिक तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या जुन ९ देखि यताको सबैभन्दा कम हो।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ।

Comments