अष्ट्रेलियाको मेलबर्नमा लकडाउनको समयमा पसल खोलेका व्यक्तिलाई १० हजार डलर जरिवाना

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा लकडाउनको समयमा पसल खोलेका एक व्यक्तिलाई प्रहरीले कारबाही स्वरुप १० हजार डलर जरिवाना तोकेको छ।

लकडाउनका कारण व्यापार गर्न नपाएपछि अब आफू ऋण खोज्ने स्थितिमा पुगेको भन्दै Berwick menswear स्टोरका मालिकले मंगलबार पसल खोलेका थिए।

लकडाउनको हालको नियम अनुसार प्रहरीले उनलाई पसल बन्द गर्ने निर्देशन दिएको छ। यसको साथै उनलाई ९ हजार ९ सय १३ डलर जरिवाना भर्न आदेश दिएको छ।

व्यापारीले भने त्यो जरिवाना नतिर्ने बताएका छन्। उनले लकडाउनका कारण आफूजस्ता धेरै व्यापारी पिडित बनेको समेत उल्लेख गरेका छन्।

Comments