मेलबर्न। अष्ट्रेलियामा घरको मूल्य हाल कुन शहरमा कति सस्तो र कति महँगो स्पष्ट पार्ने तथ्याङ्क सार्वजनिक भएको छ। महिनावारी रुपमा तथ्याङ्क सार्वजनिक गर्दै आएको CoreLogic ले तथ्याङ्क सार्वजनिक गरेको हो।

नयाँ तथ्याङ्क अनुसार, सेप्टेम्बरमा सिड्नीमा घरको औसत मूल्यमा ०.३ प्रतिशतले कमी आएको छ र मेलबर्नमा ०.९ प्रतिशतले घटेको छ। मेलबर्नमा मार्च महिनाको तुलनामा भने ५.५ प्रतिशतले घटेको छ।

डार्विनमा भने घरको औसत मूल्यमा वृद्धि भएको छ। डार्विनमा सेप्टेम्बर महिनामा घरको मूल्यमा १.६ प्रतिशतले वृद्धि भएको हो ।

तथ्याङ्क अनुसार, हाल यस्तो छ अष्ट्रेलियाका सहरहरुमा घरको औसत मूल्य ( डलरमा )

डार्विन : ३९८,८८५
एडलेड : ४४४,३२१
पर्थ : ४४५,७१७
होबर्ट : ४८९,०५९
ब्रिसबेन : ५०४,९०२
क्यानबेरा : ६४४,५८१
मेलबर्न : ६६६,७९६
सिड्नी : ८५९,९४३

Source : 7News

Comments