काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। 

 उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षामन्त्री पद खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् ।

सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ नियुक्त भएका छन् ।

Comments