काठमाडौं। योग तथा ध्यानको लागि प्रसिद्ध बाबा रामदेव योग गर्ने क्रममै लडेका छन्। उनी हात्ती माथि चढेर योग गर्ने क्रममा लडेका हुन्।

बाबा रामदेव लडेको भिडियो अहिले सामाजिक संजाल र संचार माध्यममा समेत भाइरल भइरहेको छ। मथुराको योग कार्यक्रमको उक्त भिडियो मंगलबार देखि सामजिक संजालमा भाइरल भएको हो।

भिडियोमा देखिए अनुसार, रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाल्छन् । रामदेवले योग गर्दागर्दै केही छिनमा हात्ती चल्मलाउन थाल्छ । तब सन्तुलन बिग्रिएर रामदेव लड्छन्।

भिडियो :

Comments