पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पोर्चुगिज फुटबल महासंघले मङ्गलबार रोनाल्डोलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

रोनाल्डोको स्वास्थ अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । रोनाल्डो अहिले आइशोलेसनमा छन् ।

पोर्चुगलले नेसन्स लिग फुटबलमा बुधबार स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ । रोनाल्डोको अनुपस्थितीमा फर्नान्डो सान्तोस पोर्चुगलको टिममा छनोट हुन सक्नेछन् ।

Comments