युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ । हैदरावाद २० रनले पराजित भयो ।

दुबईमा मंगलबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै ४२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । हैदराबादको यो पाँचौ हार हो ।

यो जितपछि चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ ।

हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Comments