मेलबर्न। अष्ट्रेलियामा विद्यार्थीहरुका लागि दिदी बहिनी समाजको आयोजनामा योग तथा ध्यान शिविर हुनेभएको छ। दिदीबहिनी समाज भिक्टोरीयाले कोरोना महामारीका कारण तनाव झेलिरहेका विद्यार्थीहरुका लागि उक्त अनलाइन शिविर संचालन गर्ने भएको हो।

योग तथा ध्यान शिविर अक्टोबर १५ देखि सुरु हुनेछ। विद्यार्थीहरुको समय अनुकुल हुनेगरि हरेक हप्ताको बिह्बार बेलुका ६ देखि ७ बजेको लागि समय तोकिएको छ। शिविर आठ हप्तासम्म संचालन हुनेछ।

हिमालयन योगीको नामले परिचित योगी मधुसुदन भेटुवालले योग तथा ध्यान प्रशिक्षण संगै यसका विभिन्न महत्व, स्वस्थ जीवनशैलीको लागि अपाउनुपर्ने बानी लगायत कुराहरुको बारेमा चर्चा गर्नुहुनेछ।

ध्यान शिविरको जुम मिटिंगमा सहभागी हुनको लागि :\

https://zoom.us/j/95650603489?pwd=UEFpZHpibFQxbE14ZUp1Yk1DdTRpdz09

Meeting ID: 956 5060 3489

Passcode: 138684

Comments