मेलबर्न। अष्ट्रेलियावासी नेपाली युवा कपिल सापकोटा र सागर कुँवरको लकडाउनको कथा सार्वजनिक भएको छ। युट्युब मार्फत उनीहरुको र्याप गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

कोरोना महामारीका कारण अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा लकडाउन चलिरहेको छ। लकडाउनका कारण व्यापार व्यवसाय, कलेज ठप्प छन्। जसले गर्दा विद्यार्थीहरु न त कलेज जान पाएका छन्, न त काममा नै। काममा जान नपाएका कारण उनीहरुको आम्दानी पनि हराएको छ।

कोरोना महामारी र लकडाउनका यिनै कुरालाई समेट्दै कपिल र र सागरले लकडाउन गीत गाएका छन्। मिस्टा चाम्लिङ्गको निर्देशन रहेको म्युजिक भिडियोलाई अनिश गौतमले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले बजारमा ल्याएको हो।

म्युजिक भिडियो हेर्नको लागि क्लिक गर्नुहोस् >> https://youtu.be/2uzQYmC2JLo

Comments