मेलबर्न। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अष्ट्रेलियाबाट विशेष अनलाइन कार्यक्रम हुनेभएको छ। मेलबर्न चौतारीको आयोजनामा “Different Faces of Mental Illness” शिर्षकको कार्यक्रम हुने भएको हो।

आयोजकका अनुसार, डा. तिलक पोखरेल सहजकर्ता रहने उक्त कार्यक्रममा डा. अनुपम पोखरेलसँग मानसिक बिमारीका विभिन्न लक्षण तथा प्रकारको बारेमा कुराकानी हुनेछ।

मानसिक स्वास्थ्य या मानसिक बिमारीको बारेमा केही जिज्ञासा भएमा जानकारी गराउन सकिनेछ। कार्यक्रममा ती जिज्ञासा मेटाउने प्रयास गरिनेछ।

कार्यक्रम शनिबार, अक्टोबर १० मा दिउँसो १ बजे देखि २ बजेसम्म मेलबर्न चौतारीको फेसबुक पेज Mel Chautari मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

Comments