बलिउड निर्देशक अनिल देवगनको निधन भएको छ। अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो ।

अनिलले ‘राजु चाचा’, ‘ब्ल्याकमेल’ र ‘हाल-ए-दिल’को निर्देशन गरेका थिए ।

अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक थिए । अजय अभिनित ‘जान’, ‘इतिहास’ र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । उनी बलिवुडका चर्चित अभिनेता अजय देवगनका भाइ हुन्।

अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको गत राति निधन भएको बताएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ । अजय देवगन फिल्म्स र मलाई उनको कमीले घोचिरहनेछ । आत्माका लागि प्रार्थना गर्नुहोस् । कोरोनाभाइरस महामारीका कारण कुनै व्यक्तिगत शोक सभा आयोजना गरिएको छैन ।’

 

 

Comments