दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आईपीएलको १९ औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

सोमबार राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गर्न उत्रेको दिल्लीले बैंगलोरलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो । जवाफमा बैंगलोरले ९ विकेटको क्षतिमा १ स्य ३७ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।

दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए । दिल्लीले सन्दीपलाई भने मैदानमा उतारेन । सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ ।

तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।

 

 

Comments