मेलबर्न। अष्ट्रेलियामा दशैं-तिहार शिर्षकमा बालबालिकाहरुका लागि अनलाइन वक्तृत्वकला प्रतियोगिता हुनेभएको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले दशैं तिहारको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो।

“भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ ” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ६ देखि १६ वर्ष उमेर सम्मका बालबालिकाहरु सहभागी हुन सक्नेछन्।

दशैं या तिहारको बारेमा बालबालिकाले आफ्नो विचार तथा ज्ञान वक्तृत्वकला मार्फत प्रस्तुत गर्न सक्नेछन्। अनलाइन मार्फत सहभागी हुन सकिने प्रतियोगिताको लागि अक्टोबर १७ तारिख सम्ममा आफ्नो सहभागिता जनाउन सकिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकाले पुरस्कार प्राप्त गर्नेछन्।

बालबालिकाहरुलाई आफ्नो नेपाली भाषा, कला, संस्कृति र परम्परा सम्बन्धि ज्ञान बढाउन तथा उनीहरुलाई नेपालीपनसंग लगाव बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। संस्थाले नयाँ पुस्तामा यो ज्ञान र लगाव बढाउन सकेमा नेपाली भाषा, कला, संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्न सकिने उल्लेख गरेको छ।

***Innovative approach to conserve our festival online.***“भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ,…

Posted by Nepalese Association of Victoria on Monday, September 28, 2020

Comments