इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे ।  कीर्तिमानी रकम खर्चेर भिल्लाले अनुबन्ध गरेको वाट्किन्सले आइतबार रातिको खेल अघि कहिल्यै प्रिमियर लिगमा गोल गरेका थिएनन् । तर, लिभरपुलको हाइलाइन र व्यक्तिगत गल्तीको फाइदा उठाउँदै ३९ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे ।

यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए ।

लिभरपुलले एउटा खेलमा सात गोल खाएको सन् १९६३ पछि पहिलो पटक हो भने प्रिमियर लिगमा सन् २०१९ को जनवरी पछि पराजित भएको यो मात्र चौँथो पटक हो ।

Comments