इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सले सानदार जित निकालेको छ । यूएई क्रिकेट मैदानमा भएको खेलमा चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट रहँदै ओपनर शेन वाटसनले ८३ तथा फाफ डुब्लेसिसले ८७ रनले बनाउँदै १८१ रनको साझेदारी गरे । चेन्नईका लागि पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठूलो साझेदारी हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

 

Comments