सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स स्थित एक अस्पतालमा गोली चलेको छ। न्यु साउथ वेल्सको हन्टर रिजनमा रहेको Kurri Kurri अस्पतालमा गोली चलेको हो।

बुधबार दिउँसोको समयमा एक व्यक्तिले अस्पतालमा गोली चलाएर भागेका थिए। हावामा गोली चलाएका कारण मानवीय क्षति भने भएन।

गोली चलाउने व्यक्तिलाई प्रहरीले दिउँसो १:३० बजे नै पक्राऊ गरिसकेको छ।

अस्पताल भने बन्द गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

Comments