प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । २९ वर्षीय खेलाडी थियागो संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेका छन् ।

मिडफिल्डर थियागो यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् ।

थियागोले गत साता चेल्सीमाथि २-० को जित निकाल्दा डेब्यु गरेका थिए । लिभरपुलका अनुसार थियागोमा भाइरसको हल्का लक्षणहरु देखिएको तर उनको स्वास्थ्य अवस्था राम्रो र सुधार उन्मुख रहेको छ ।

Comments