मेलबर्न। अष्ट्रेलियामा बियरको मूल्य घटाउनको लागि सहयोग गर्न व्यवसायीहरुले सरकारसंग माग गरेका छन्।

बियर उत्पादन संघले सरकार समक्ष बियरमा उत्पादन शुल्क या करमा कटौती गर्न आग्रह गरेका हो। संघले अबको बजेटमा सरकारले यस बारेमा सम्बोधन गर्न माग गरेको छ।

बियर उत्पादक तथा व्यवसायीहरुका अनुसार, अहिले महामारीका कारण होटल तथा रेष्टुरेन्टहरु बन्द भएका छन् भने ग्राहकहरुले पनि पर्याप्त खर्च गर्न सक्ने अवस्था छैन। यस्तो समयमा बियरमा उत्पादन शुल्क कटौती भएमा बियरको मूल्य स्वत: घट्नेछ। जसले गर्दा ग्राहकहरु पब, रेष्टुरेन्टतिर आकर्षित हुनेछन् र हस्पितलिटि क्षेत्र फेरी उठ्न मद्दत हुनेछ।

त्यस्तै, बियरको माग बढेसंगै उत्पादन पनि बढ्नेछ। जसले गर्दा उद्योग क्षेत्रमा पनि रोजगारी बढ्नेछ।

source : 7News

Comments