मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा सडकमा हिंडिरहेकी महिलामाथि यौन हिंसा भएको छ। St Kilda Road मा राती करिब ११ बजे हिंडिरहेकी ती महिलामाथि यौन हिंसा भएको हो।

पिडित महिलाका अनुसार, फ्लिनडर्स स्ट्रीट स्टेसनमा बसिरहेको एउटा व्यक्तिले उनलाई पछ्यायो। त्यसपछि उनीसंग प्रस्ताव राख्दै समय माग्यो। जब ती महिलाले उसलाई जवाफ फर्काएर अगाडी बढीन् , उसले पिछा गर्यो ।

त्यसपछि उसले यौन सम्बन्धि प्रश्नहरु सोधेको र आफूमाथि यौन हिंसा गरेको ती महिलाले बताएकी छिन् ।

केही दिन अगाडी घटेको यो घटनाको प्रहरीले सिसि टिभी फुटेज सार्वजनिक गरेको छ। महिलाको बयान र सो फुटेजको आधारमा उक्त व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Comments