सिड्नी। अष्ट्रेलियामा कोरोना महामारी नियन्त्रणको लागि राज्य बोर्डरहरु हाल बन्द रहेका छन्। यसै बीच न्यु साउथ वेल्स सरकारले भिक्टोरियासंगको बोर्डर छिट्टै खुल्ला गर्ने चाहना रहेको जनाएको छ।

न्यु साउथ वेल्समा यतिबेला समुदाय स्तरमा संक्रमण शुन्यमा झरेको छ। त्यस्तै, भिक्टोरिया राज्यमा पनि नयाँ संक्रमित दर १५ भन्दा कम रहेको छ। यस अवस्थामा न्यु साउथ वेल्स राज्य सरकारले भिक्टोरियासंगको बोर्डर खोल्ने योजना बारे सार्वजनिक गरेको हो।

न्यु साउथ वेल्सका अनुसार, राज्यमा समुदाय स्तरमा संक्रमण नदेखिनु भनेको कोरोना हटिसक्यो भन्ने होइन। तर यसलाई नियन्त्रण गर्दै पहिले अनुमान गरीए भन्दा अगाडी नै बोर्डर खोल्न सकिने राज्य सरकारले जनाएको हो।

न्यु साउथ वेल्सले क्रिसमसको आसपासमा बोर्डर खोल्न सकिने संकेत गर्दै कोरोना नियन्त्रणमा देखिए छिट्टै छलफल अगाडी बढाइने जनाएको छ।

Comments