सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका दुई जना नयाँ संक्रमित फेला परेका छन्। लगातार दुई दिनसम्म नयाँ संक्रमितहरुको संख्या शुन्य रहेकोमा सोमबार रातीसम्ममा दुई जना नयाँ संक्रमित फेला परेका हुन्।

तर संक्रमण समुदाय स्तरमा भने सरेको छैन। न्यु साउथ वेल्समा समुदाय स्तरमा नयाँ संक्रमित नथपिएको यो लगातार चौथो दिन हो।

सोमबार थपिएका दुई जना नयाँ संक्रमितहरु होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।

Comments