सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा आइतबार पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रह्यो। सोमबार बिहान सार्वजनिक गरिएको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोही पनि संक्रमित भेटिएनन्।

होटल क्वारेन्टिन र समुदाय कहीं पनि संक्रमित नभेटिएको बताइएको छ। उक्त २४ घण्टामा न्यु साउथ वेल्समा ६ हजार ४ सय जनाको कोरोना परिक्षण गरिएको थियो।

योभन्दा अघि, शनिबार पनि न्यु साउथ वेल्समा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको थियो।

Comments