मेलबर्न। सोमबार बिहान सार्वजनिक पछिल्लो २४ घण्टाको रेकर्डमा अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ५ जना मात्र नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितको यो संख्या तीन महिना यताकै सबैभन्दा कम हो।

यसअघि भिक्टोरियामा जुन १२ मा नयाँ संक्रमितको संख्या ४ रहेको थियो। त्यसयता तिव्र रुपमा वृद्धि भएको नयाँ संक्रमितको संख्या सेप्टेम्बर २८ सम्म आउँदा ५ मा झरेको हो।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ।

Comments