मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा सामजिक दूरीको नियम उल्लङ्घन गर्नेलाई अब ५ हजार डलर जरिवाना लाग्ने भएको छ।

२८ सेप्टेम्बर देखि लागु हुनेगरि भिक्टोरिया सरकारले मेलबर्नमा लकडाउन खुकुलो गरिने घोषणा गरिएको छ। जसअनुसार, दुई परिवारका पाँच जना मान्छे घर बाहिर एकै ठाउँ भेला हुन पाउनेछन्। तर घरदेखि ५ किलोमिटर भन्दा टाढा जान भने पाउनेछैनन्।

त्यस्तै, घर बाहिर पाँच जना जम्मा हुन पाएतापनि घरभित्र जम्मा हुन पाइनेछैन।

यदि यी नियम तोडेमा ५ हजार डलर जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ।

Comments