मेलबर्न। अष्ट्रेलियामा अहिले कोरोना महामारीका कारण घरजग्गाको मूल्यमा कमी आएको छ। जसले गर्दा घरजग्गा खरिद गर्न चाहनेहरु आफ्नो लागि उपयुक्त घरको खोजीमा छन्।

रियल स्टेट सम्बन्धि विज्ञहरुले भने केही सबर्बमा अहिले अपार्टमेन्ट किन्नु जोखिमपूर्ण रहेको बताएका छन्। उनीहरुका अनुसार, ती क्षेत्रमा अपार्टमेन्टको मूल्यमा अझ गिरावट आउनेछ।

त्यस्तै, अपार्टमेन्टबाट भाडा उठाउन चाहनेहरुका लागि पनि अझै केही समय अनुकुल नरहेको विज्ञहरुको भनाइ छ।

सेभेन न्युजले विज्ञहरुको भनाइको आधारमा हालको लागि अपार्टमेन्टमा लगानी गर्न जोखिमपूर्ण सबर्बहरुलाई यसरी सुचिकृत गरेको छ :

  • Melbourne, Victoria, 3000

  • Docklands, Victoria, 3008

  • Mascot, NSW, 2020

  • Rouse Hill, NSW, 2155

  • Parramatta, NSW, 2150

  • Gosford, NSW 2250

  • Darwin, NT, 800

  • West End, Qld, 4101

  • Surfers Paradise, Qld, 4217

  • Adelaide, SA, 5000

विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : 7news.com.au/business/property

Comments