मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमण नियन्त्रणका लागि राती ९ बजे देखि बिहान ५ बजेसम्म जारी कर्फ्यु अब हट्ने भएको छ। कोरोना संक्रमणका नयाँ केस न्यून हुँदै गएपछि सरकारले लकडाउन खुकुलो गर्ने दोस्रो चरणको योजनालाई कार्यन्वयनमा ल्याउने भएको हो।

जसअनुसार, मेलबर्नमा राती ९ बजे देखि बिहान ५ बजेसम्म जारि हुँदै आएको कर्फ्यु सरकारले २८ सेप्टेम्बर अर्थात सोमबार देखि हट्ने बताएको छ।

त्यस्तै, मेलबर्नमा बन्द चाइल्डकेयर र स्कुलहरु खुल्नेछन्। घर बाहिर दुई परिवारका गरेर पाँच जनासम्म व्यक्ति जम्मा हुने, शारीरिक अभ्यास गर्ने गर्न पाइनेछ। तर पाहुना लाग्न भने पाइनेछैनर र ५ किलोमीटर भन्दा टाढा पनि जान पाइनेछैन। विवाह तथा धार्मिक कार्यहरुमा पनि खुल्ला ठाउँमा ५ जनासम्म जम्मा हुन सकिनेछ ।

लकडाउन खुकुलो भएतापनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छ।

सरकारले नयाँ संक्रमितको संख्या घट्दै गएर पाँचको दरमा आउन थालेमा छिट्टै लकडाउन खुकुलोको तेस्रो चरणमा जाने समेत बताएको छ।

विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् :  vic.gov.au/roadmap

Comments