सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शनिबार शुन्यमा झरेको छ। गत जुन १० पछि नयाँ संक्रमित संख्या शुन्य रहेको यो पहिलो पटक हो।

शुक्रबार राती ८ बजे देखि शनिबार राती ८ बजेसम्म अर्थात २४ घण्टामा १२ हजार जनाको कोरोना परिक्षण गरिएको थियो। उक्त परिक्षणमा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको बताइएको छ।

तर, ढुक्क भएर नबस्न र कोरोना संग सम्बन्धित कुनै पनि लक्षण देखिएमा तुरुन्त परिक्षण गराउन सरकारले आग्रह गरेको छ।

Comments