मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १६ जना कोरोना संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या आइतबार बिहानसम्म पछिल्लो चौबिस घण्टाको हो।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ८४ पुगेको छ।

Comments