मेलबर्न। अष्ट्रेलियामा अहिले सस्तो भाडादरमा घर दिने भन्दै ठगी गर्नेहरु सक्रिय भएका छन्।

ठगहरुले निकै सस्तो भाडादरमा घर दिलाइदिने भन्दै युवाहरुलाई ठगी गरिरहेका छन्। ठगीनेहरु मध्ये अधिकांश व्यक्तिहरु २५ देखि ३४ वर्ष उमेर समूहका रहेका छन्। अहिले कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण यस्ता ठगीका घटना बढेका हुन्।

ठगहरुले घर सम्बन्धि नक्कली जानकारी दिएर सस्तोमा भाडा दिलाउने आश्वासन दिन्छन्। त्यसपछि उनीहरुले धरौटी / एडभान्सको नाममा रकम असुल्छन् र संगै पासपोर्ट, बैंक अकाउन्ट सम्बन्धि जानकारी जस्ता महत्वपूर्ण कागजात हात लिन्छन्।

यस किसिमका ठगीका अधिकांश घटना भिक्टोरिया, न्यु साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा भइरहेका छन्।

अष्ट्रेलियन कम्पिटिसन एण्ड कम्ज्युमर कमिसनले घर भाडामा लिंदा या घर किन्दा पहिले नै कागजात र रकम नदिन, घर आफू गएर हेरेर मात्र कुरा अगाडी बढाउन आग्रह गरेको छ। संघले लकडाउनको समयमा घर हेर्न जान सम्भव नभएमा अनलाइन मार्फत पर्याप्त जानकारी ;इन र कसैलाई पनि छिटो विश्वास नगर्न आग्रह गरेको छ।

Comments