मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बच्चाको बर्थडे मनाउन जम्मा भएकाहरुले ८ हजार डलर जरिवाना तिर्नुपरेको छ। सामाजिक दुरीको नियमलाई उल्लङ्घन गरेका कारण उनीहरुले जरिवाना तिर्नुपरेको हो।

बच्चाको जन्मदिन मनाउनको लागि पाँच जना पिकनिकमा गएका थिए। मेलबर्नको विभिन्न ठाउँबाट जम्मा भएका उनीहरुलाई प्रहरीले Whittlesea मा समातेको हो।

लकडाउनको चौथो चरणमा लागु गरिएको नियम तोडेका कारण उनीहरुलाई हरेक व्यक्तिलाई १६ सय ५२ डलरको दरले जरिवाना तिराइएको छ।

Comments