सिड्नी। अष्ट्रेलिया बाहिर गएका अन्तर्राष्ट्रिय विद्यार्थीहरु कोरोना महामारीका कारण अष्ट्रेलिया प्रवेश गर्न पाएका छैनन्। विद्यार्थीहरु अष्ट्रेलियाको बोर्डर कहिले खुल्छ भन्ने अनिश्चितताले गर्दा अन्योलमा छन्।

यसैबीच न्यु साउथ वेल्स राज्यका रोजगार, लगानी तथा पर्यटन मन्त्री स्टअर्ट आयरेसले न्यु साउथ वेल्सले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखेर बोर्डर खोल्ने बताएका छन्। अष्ट्रेलियन टेक्नोलोजी नेटवर्कले आयोजना गरेको इन्टरनेशनल एजुकेशन कन्फरेन्समा मन्त्री आयरेसले उक्त कुरा बताएका हुन्।

उनका अनुसार, अहिले अष्ट्रेलियनहरुको लागि बोर्डर खुल्ला गरेर उनीहरुको लागि होटल क्वारेन्टिनको व्यवस्था गर्दा राज्य तथा सम्बन्धित व्यवस्थापकीय पक्षलाई ठूलो अनुभव मिलेको छ। यही अनुभवको आधारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि बोर्डर खोल्न सकिनेछ।

मन्त्री आयरेसले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्राथमिकता दिइने उल्लेख गर्दै २०२१ को सुरुवातमा र सम्भव भएसम्म २०२१ नलाग्दै विद्यार्थीहरुका लागि बोर्डर खोल्न सकिने उल्लेख गरेका छन्। उनले छिट्टै सम्बन्धित निकायसम्म प्रस्ताव राखेर निर्णय गरिने समेत जानकारी दिएका छन्।

थप जानकारीको लागि क्लिक गर्नुहोस्  >> campusmorningmail.com.au

दशैं आयो 😀 , खाउला पिउला 😄, GIFT पठाउला 😄 !

दशैं आयो 😀 ,खाउला पिउला 😄, GIFT पठाउला 😄 ! BIG FESTIVE OFFER happening at Cake To Nepal ! 😱😱Hurry Up and start placing orders for बिजय दशमी ! 🥳🤩😍To order : https://forms.gle/NEYDHQ5hmFXxZwh68Contact us now:➡️+977 014361024 (Nepal)➡️+977 9810046089 (Viber)USA+1-518-221-8219Australia+61 451 069 850UK+44 20 8061 2403Canada+1 604 446 2161Japan+817041332192#caketonepal #24×7 #services #gifttonepal #celebration #wedding #anniversary #birthday #party #sendgifts #nepal #kathmandu #usa #kuwait #malaysia #qatar #korea #japan #australia #uk #worldwide

Posted by Cake to Nepal on Thursday, September 24, 2020

 

Comments