सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा प्रहरीले एक रेष्टुरेन्ट बन्द गरिदिएको छ। सामाजिक दूरी सम्बन्धि नियमलाई बेवास्ता गरेका कारण प्रहरीले रेष्टुरेन्ट बन्द गरिदिएको हो।

प्रहरीका अनुसार, स्नोवी माउन्टेनको द रिभर्स रेष्टुरेन्टमा तीन पटकसम्म अनुगमन गर्दा ग्राहकहरु एउटै टेबुलमा बसेर खाइरहेको, कसैले उभिएर काँधमा काँध राख्दै पीइरहेको, रेष्टुरेन्टमा क्षमताभन्दा बढी ग्राहकलाई प्रवेश दिइएको पाइएको थियो।

पहिलो र दोस्रो पटक जस्तै तेस्रो पटकमा पनि लापरबाही देखिएका कारण रेष्टुरेन्ट र इभेन्टका मालिकहरुलाई प्रहरीले ५ / ५ हजार डलर जरिवाना तिराएको थियो। तर फेरी चौथो पटक जाँदा पनि लापरबाही देखिएपछि प्रहरीले रेष्टुरेन्ट बन्द गराएको छ।

महामारीको समयमा गैरजिम्मेवारीपूर्ण कार्य गरेको भन्दै रेष्टुरेन्ट सात दिनसम्म बन्द राख्नुपर्ने सजाय दिइएको बताइएको छ।

दशैं आयो 😀 , खाउला पिउला 😄, GIFT पठाउला 😄 !

दशैं आयो 😀 ,खाउला पिउला 😄, GIFT पठाउला 😄 ! BIG FESTIVE OFFER happening at Cake To Nepal ! 😱😱Hurry Up and start placing orders for बिजय दशमी ! 🥳🤩😍To order : https://forms.gle/NEYDHQ5hmFXxZwh68Contact us now:➡️+977 014361024 (Nepal)➡️+977 9810046089 (Viber)USA+1-518-221-8219Australia+61 451 069 850UK+44 20 8061 2403Canada+1 604 446 2161Japan+817041332192#caketonepal #24×7 #services #gifttonepal #celebration #wedding #anniversary #birthday #party #sendgifts #nepal #kathmandu #usa #kuwait #malaysia #qatar #korea #japan #australia #uk #worldwide

Posted by Cake to Nepal on Thursday, September 24, 2020

Comments