मेलबर्न। अष्ट्रेलियामा घरजग्गाको मूल्यमा पहिले अनुमान गरिए जति कमी नआउने भएको छ।

Westpac का अनुसार, कोरोना महामारीका कारण अष्ट्रेलियाको घरजग्गाको मूल्यमा जति कमी आउन सक्ने अनुमान गरिएको थियो, त्यो भन्दा कम प्रतिशतले मूल्यमा कमी आउनेछ।

यसअघि, आर्थिक वर्ष २०२०-२१ को अन्त्यसम्ममा घरजग्गाको मूल्य १० % ले घट्ने अनुमान गरिएको थियो। तर हालै गरिएको अनुसन्धानमा यो आर्थिक वर्षको अन्त्यसम्म घर जग्गाको मूल्य हालको भन्दा थप २.३ प्रतिशतले मात्र घट्नेछ।

विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : australian-house-prices-wont-drop-by-as-much-as-first-feared

Comments