सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा समुदाय स्तरमा फेरी कोरोना संक्रमण देखिएको छ।

न्यु साउथ वेल्समा लगातार दुई दिनसम्म समुदाय स्तरबाट संक्रमण सरेकाहरुको संख्या शुन्य रहेको थियो। तर बिहिबार बिहानसम्म फेरी समुदाय स्तरमा संक्रमण देखिएको छ। न्यु साउथ वेल्समा फेरी एक जनालाई समुदाय स्तरबाट संक्रमण सरेको भेटिएको हो।

ती व्यक्तिलाई बुधबार राती ८ बजेपछि संक्रमण पुष्टि भएका कारण बिहिबार अपडेट गरिएको संक्रमित तथ्यांकमा नजोडिएको र शुक्रबारको अपडेटमा जोडिने बताइएको छ।

बिहिबार अपडेट गरिएको तथ्यांक अनुसार, न्यु साउथ वेल्समा होटल क्वारेन्टिनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

Comments