सिड्नी। अष्ट्रेलियाको सिड्नीमा पार्किङ्ग गरेको कारको झ्याल खुल्लै राखेका कारण एक जोडीले जरिवाना तिर्नु परेको छ। त्यो जोडीमध्ये श्रीमतीले सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट राख्दै जरिवाना तिर्नुपरेको बताएकी हुन्।

उनका अनुसार, कार उनीहरुले आफ्नो घर बाहिर पार्क गरेका थिए। कारको झ्याल भने खुल्लै थियो। उनका श्रीमान कार देखिने ठाउँमा, बगैंचामा काम गरिरहेका थिए। त्यही समय प्रहरी आएर कारको झ्याल खुल्लै भएका कारण उनीहरुलाई ११२ डलर जरिवाना तिराएको हो।

सामाजिक संजालमा उनले पोस्ट गरेपछि केहीले यो नियमले गर्दा कारको सुरक्षा हुने बताएका छन् भने केहीले सरकारको लागि राजश्व उठाउने सजिलो माध्यम भनि टिप्पणी गरेका छन्।

न्यु साउथ वेल्सको सडक कानुन अनुसार, कार असुरक्षित रुपले पार्किङ्ग गरेमा जरिवाना तिर्नुपर्छ।

Source : 7news

Comments