सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या बुधबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो।

न्यु साउथ वेल्समा समुदाय स्तरबाट संक्रमण सर्नेको संख्या शुन्यमा झरेको छ। पछिल्लो दुई दिनमा समुदाय स्तरबाट संक्रमण सरेकाको संख्या शुन्य रहेको हो।

थपिएका नयाँ संक्रमित सबै होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।

राज्य सरकारले समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य देखिनु राम्रो संकेत रहेको बताएको छ। तर जाँच नभएका कारण संक्रमण नदेखिएको या लापरबाहीले गर्दा संक्रमण हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरेको छ।

Comments