मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार बिहानसम्म पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित फेला परेका हुन्।

त्यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ७१ पुगेको छ।

भिक्टोरियामा पछिल्लो समय कोरोना संक्रमण दरमा उल्लेखनीय कमी आइरहेको छ।

Comments