युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको चौथो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले १६ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो। राजस्थानले दिएको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए । चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक-एक विकेट लिएका थिए ।

Comments