जिलोङ्ग। अष्ट्रेलियाको जिलोंगमा बस्ने नेपाली समुदायलाई पनि सरकारले आर्थिक अनुदान सहयोग प्रदान गर्ने भएको छ। भिक्टोरिया सरकारले जिलोङ्ग नेप्लीज एशोसिएसनलाई १५ हजार डलर अनुदान सहयोग प्रदान गर्ने भएको हो ।

जिलोङ्ग नेप्लीज एसोसिएसनले कोरोना महामारीका समयमा अन्तर्राष्ट्रिय विद्यार्थी लगायत रोजगारी गुमाएकाहरुलाई अत्यावश्यकीय सामग्री सहितको राहत प्याकेज वितरण गर्दै आएको छ। यस्तै, संस्थाले महामारीको समयमा पर्नसक्ने मानसिक असरलाई ख्याल राख्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ।

सरकारले घोषणा गरेको अनुदानले गर्दा अझ प्रभावकारी ढंगले सहयोग अभियान जारि राख्न हौसला मिलेको संस्थाले जनाएको छ।

Comments