मेलबर्न। अष्ट्रेलिया सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई भत्ता तथा सुविधा सहितका विभिन्न किसिमका राहत प्याकेजहरु दिइरहेको छ।

सरकारले अष्ट्रेलियाको स्थायी भिसा होल्डर र नागरिकहरुलाई दिइरहेको भत्ताको लागि मिलिनियरहरुले पनि आवेदन दिएको खुलासा भएको छ।

मार्च यता बेरोजगारी भत्ता ( JobSeeker unemployment benefit ) का लागि आवेदन दिनेहरुको संख्या ८ लाख रहेको छ। ती मध्ये ३ हजार ६ सय जना मिलिनियरहरु रहेका छन्।

६ महिना अघि धेरै अष्ट्रेलियनहरुले जागिर गुमाएपछि सरकारले सम्पत्ति जाँच रोकेको थियो। जसले गर्दा मिलिनियरहरुले पनि बेरोजगार भत्ताको लागि आवेदन दिए।

तर सरकारले आउँदो शुक्रबार देखि सम्पत्ति जाँच पुन: सुचारु गर्ने भएपछि उनीहरुको भत्ता पाउने आशा हराएको छ। उक्त सम्पत्ति जाँच पछि आवेदन दिएकाहरु मध्ये ३७ हजार जना भन्दा बढीले उक्त भत्ता नपाउने अनुमान गरिएको छ।

Source : 7News

Comments