एडलेड। साउथ अष्ट्रेलियाले न्यु साउथ वेल्सका लागि बोर्डर खुल्ला गर्ने भएको छ। न्यु साउथ वेल्समा समुदाय स्तरमा कोरोना संक्रमण न्युन हुँदै गएका कारण साउथ अष्ट्रेलियाले बोर्डर खुल्ला गर्ने निर्णय गरेको हो।

यो निर्णयले व्यवसायी लगायत आम सर्वसाधारणलाई समेत राहत मिल्ने विश्वास रहेको राज्य सरकारले जनाएको छ। बोर्डर बिहिबार देखि खुल्ला हुनेछ।

बिहिबार पछि न्यु साउथ वेल्सबाट साउथ अष्ट्रेलिया आउनेहरु १४ दिनको आइसोलेसनमा बस्नु पर्नेछैन। तर जहाज तथा गाडीमा यात्रा गर्दा भने मास्क लगाउनुपर्ने बताइएको छ।

Comments