मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा मंगलबार बिहानसम्ममा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो २४ घण्टाको हो।

त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६६ पुगेको छ।

Comments