काठमाडौँ । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए ।

तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र  शारदा शर्माको यात्रामा कृति पनि  मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए ।

यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्‍याएबापत शान्ति ठटाललाई दिने निर्णय गरेको छ । गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ ।

Comments