मेलबर्न। विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीको प्रत्यक्ष असर अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुमा समेत परेको छ। नयाँ विद्यार्थीहरुले काम नपाएको स्थिति छ भने काम गरिरहेका पूराना विद्यार्थीले रोजगारी गुमाइरहेका छन्। धेरैजसो विद्यार्थीहरु नेपालमा रहेको आफ्नो परिवारसंग सहयोग लिन सक्ने अवस्थामा छैनन्। नेपालको मध्यम वर्गीय परिवारमा समेत यो महामारीले असर गरिरहेको हुँदा विद्यार्थीहरु अझ बढी मानसिक तनाव भोगिरहेका छन्।

महामारीको चपेटामा परिरहेका विद्यार्थीलाई दैनिक अत्यावश्यक वस्तु देखि लिएर तनाव व्यवस्थापनको लागि अष्ट्रेलियामा रहेका विभिन्न नेपाली कम्पनी, संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन्। अष्ट्रेलियाको मेलबर्न शहरको पहिलो नेपाली कन्सल्टेन्सी ‘कंडेल कन्सल्टेन्सी’ले पनि विद्यार्थीहरुका लागि सहयोग गरिरहेको छ।

कंडेल कन्सल्टेन्सीले हालसम्म मेलबर्न र सिड्नीका गरी ४ सय भन्दा बढी विद्यार्थीहरुलाई सहयोग गरिसकेको छ। कन्सल्टेन्सीका प्रमुख राज कंडेलका अनुसार, कंडेल कन्सल्टेन्सीका विद्यार्थी मात्र नभएर सहयोगको आवश्यकता परेका हरकोही नेपाली विद्यार्थीहरुलाई कन्सल्टेन्सीले रिलिफ प्याकेज वितरण गरेको हो। ग्रोसरी सामान रहेको उक्त रिलिफ प्याकेज विद्यार्थीको आवश्यकता तथा अवस्था हेरेर एकै जनालाई तीन पटक समेत दिइएको उहाँले बताउनुभयो।

यसै सम्बन्धमा कंडेल भन्नुहुन्छ, ” महामारीको समयमा हामीहरुले विजनेस होइन, आफू मान्छे हुनुको धर्म सम्झेर सहयोग गर्नुपर्छ। हामीले हाम्रो व्यवसायको प्रचारवाजी भन्दा माथि रहेर विद्यार्थीहरुलाई सहयोग गरेका हौँ। अन्य नेपाली संघ, संस्था तथा साथीहरुले पनि विद्यार्थीहरुलाई सहयोग गरिरहनुभएको छ “। कंडेल थप्नुहुन्छ, ” हामीले गर्ने सानो सहयोगले विद्यार्थीलाई राहत संगै उनीहरुको मनोबल पनि बढ्छ भन्ने लाग्छ”।
अहिले विद्यार्थीहरुले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा ख्याल पुर्याउनुपर्ने बताउंदै कंडेल कन्सल्टेन्सी प्रमुख राज कंडेलले भन्नुभयो, ” यो महामारी हामीलाई मात्र आएको होइन। विश्वभर सबैको स्थिति हाम्रो जस्तै छ। त्यसैले विद्यार्थीहरुले आफूलाई बिचरा देख्नुहुन्न। सहयोगको आवश्यकता भएमा नेपाली संघसंस्थाहरुमा सम्पर्क गर्नुपर्छ। हामीहरु सबै तपाईंको साथ छौं। हामी सुरक्षित र प्रचुर सम्भावना भएको देशमा छौं। वर्षौं वर्षमा आउने महामारी हराउनेछौं र हामी छिट्टै सामान्य जीवनशैलीमा फर्किनेछौं “।

उहाँले कलेजमा शुल्क तथा भर्नाको लागि छुट माग्ने या विभिन्न सहयोग लिन सकिने उल्लेख गर्दै कंडेल कन्सल्टेन्सीले पनि छात्रवृत्ति योजना ल्याएको बताउनुभयो। आफूहरुलाई अभिभावक ठानेर सहयोग तथा सरसल्लाह माग्नको लागि नहिच्किचाउन कंडेल सबै विद्यार्थीहरुलाई आग्रह गर्नुहुन्छ। उहाँ थप्नुहुन्छ, ” कोही तपाईंको साथी समस्यामा छ र तपाईंले सहयोग गर्न सक्ने अवस्था छैन भने पनि हामीलाई भन्नुहोस्। हाम्रा यी कुरा, यी संदेशहरु साथीहरुसम्म पुर्याईदिनुहोस् “।

Comments