काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ( सेप्टेम्बर २०) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ १९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments