नेपालमा बितेको २४ घण्टामा २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार चार सय ५८ जनामा गरिएको परीक्षणमा शुक्रबार दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।

 

Comments