ब्रिसबेन। अष्ट्रेलियामा कोरोना भाइरस महामारीका कारण राज्यका बोर्डरहरु बन्द रहेका छन्। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राज्यहरुले बोर्डर बन्द गरेका हुन्।

यसैबीच, क्विन्सल्याण्ड राज्यले अष्ट्रेलियन क्यापिटल टेरिटोरिका लागि बोर्डर खुल्ला गर्ने भएको छ। क्विन्सल्याण्डले क्यापिटल टेरिटोरिका लागि सेप्टेम्बर २५ देखि बोर्डर खुल्ला गर्ने भएको हो।

क्विन्सल्याण्ड राज्य सरकारका अनुसार, क्यापिटल टेरिटोरिमा बसोवास गर्नेहरु होटल क्वारेन्टिन बिना नै क्विन्सल्याण्ड आउन सक्नेछन्।

क्यापिटल टेरिटोरिमा हाल कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएका कारण बोर्डर खुल्ला गरिने क्विन्सल्याण्ड राज्य सरकारले जनाएको छ। क्यापिटल टेरिटोरिमा पछिल्लो १० साता यता नयाँ संक्रमित फेला परेका छैनन्।

त्यस्तै, क्विन्सल्याण्ड राज्य सरकारले यसको फाइदा उठाउँदै कोही व्यक्ति बोर्डरमा झुट बोलेर संक्रमण भएको स्थानबाट क्विन्सल्याण्ड आएमा ४ हजार १ डलर जरिवाना लाग्ने जनाएको छ।

Comments