संविधानका विवादित विषयमा सहमति जुटाउन आज बिहान बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुङगीएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङसहित बिहान बसेको बैठक साँझ पाँच बजे पुनः बस्नेगरी स्थगित भएको छ । अहिलेको मुख्य आवश्यकता दलहरुबीच सहमति जुटाउनु भएको भन्दै छलफल सकारात्मक भएको एमाले बरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिनुभयो ।

त्यसैगरी एमालेका अर्का नेता भिम रावलले छलफलबाट दलहरुबीच रहेको आशंक हटाउन प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार साँझ पाँच बजे मुख्य तीन दलको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

Comments